पाँच-सात व्यापारीको नियन्त्रणमा छ पोल्ट्री व्यवसाय
गोरखापत्र अनलाइन
फाल्गुन २, २०७६ शुक्रबार
कुखुराको मासु उपभोक्ताले बिरलै उधारो खान्छन् । मासु उत्पादन गर्ने किसानले सहजै कुखुरा बेचेको पैसा पाउँदैनन् । चल्ला, दाना र औषधिमा व्यापारीको सुरुमै लगानी हुने हुँदा यस बीचमा बिचौलियाले पैसा होल्ड गर्दा उधारोको दलदलबाट नेपाली किसान निस्कनै सकेका छैनन् ।