‘प्रदेश एक्स्पो’ नेपालका लागि नयाँ प्रयोग–मन्त्री केसी
गोरखापत्र अनलाइन
माघ २९, २०७६ बुधबार
प्रदेश ५ सरकारले प्रदेशको तेस्रो स्थापना उत्सवका रुपमा मनाउन लागेको जानकारी दिएको छ । नेपाल पत्रकार महासंघ दाङले बुधबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशको तेस्रो स्थापना दिवस ‘समृद्ध प्रदेश खुसी जनता’ भन्ने मूल नाराका साथ प्रदेशभर नै उत्सवका रुपमा मनाउन लागेको जानकारी दिनुभएको हो ।