अन्तर्राष्ट्रिय सम्बन्ध राजनीतिक प्रणालीको आधारमा हुनुहुँदैन : डा. महत
गोरखापत्र अनलाइन
फाल्गुन ९, २०७८ सोमबार
सत्तारुढ दल नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कुनै पनि देशको राजनीतिक प्रणाली वा विचारधाराका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध विकसित गर्न नहुने धारणा राख्नुभएको छ । अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे थप स्पष्ट गर्न सोमबार एक पत्रकार सम्मेलनमार्फत उहाँले कुनै पनि देशको सहयोगलाई विवादित बनाउनु दुःखद भएको बताउनुभयो ।