logo
२०८१ मंसिर ९ आईतवार



आँखा शिविरमा एकसय ३३ को शल्यक्रिया

प्रदेश |


आँखा शिविरमा एकसय ३३ को शल्यक्रिया


रुकुम (पश्चिम), मंसिर २ गते । जिल्ला सदरमुकाम मुसिकोट स्थित आँखा उपचार केन्द्र सल्लेमा दुईदिने निःशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ । राप्ती आँखा अस्पताल दाङको प्राविधिक सहयोग, मुसिकोट नगरपालिकाको व्यवस्थापन र नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा रुकुम (पश्चिम)को आयोजनामा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा दुईदिनसम्म पाँचसय ४१ जनाले आँखाको जाँच गराएका छन् । त्यस्तै एकसय ३३ जनाले मोतिविन्दुको अप्रेसन समेत गरेको नेपाल नेत्रज्योति संघ रुकुमले जनाएको छ । शिविरमा मुिसकोट नगरपालिका वडा नम्बर १० का ९४ बर्षीय चन्द्रबिर बुढाको आँखा चेकजाँच गरेर उपचार सेवा शुरु गरिएको नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा रुकुम (पश्चिम)का सभापति शिवराम खत्रीले जानकारी दिनुभयो । नेत्र विशेषज्ञ डाक्टर शुरेस रसाइली सहितको १२ जनाको स्वास्थ्यकर्मीको टोलीले आँखाको उपचार तथा शल्यक्रिया गर्नुभएको थियो ।

गाउँघरमै आँखाको शल्यक्रिया सहितको शिविर सञ्चालन भएपछि स्थानीय आँखाका विरामीहरु खुसी भएका छन् । शिविरको मुसिकोट नगरपालिकाका प्रमुख देबीलाल गौतमले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?