लोकसेवा तयारी सामग्री (विषयगत प्रश्नोत्तर)
गोरखापत्र अनलाइन
चैत्र २३, २०७८ बुधबार
ऊर्जा सङ्कट
१. ऊर्जा सङ्कट भनेको के हो ? लेख्नुहोस् ।
प्राकृतिक स्रोत एवं मानव निर्मित स्रोतबाट प्राप्त हुने शक्ति ऊर्जा हो । यही ऊर्जा सरल सहज एवं सर्वसुलभ रूपमा उपलब्ध हुन नसकेको अवस्थालाई ऊर्जा सङ्कट भनिन्छ । ऊर्जाको कमी हुनु, अभाव हुनु वा मागबमोजिम प्राप्त नहुनु ऊर्जा सङ्कट हो । ऊर्जा देश विकासको आधार हो । नेपालमा अहिले पनि ऊर्जा सङ्कट विद्यमान छ । नेपालको औद्योगिक क्षेत्रमा औद्योगिक विकासमैत्री ऊर्जा सर्वसुलभ...