छैटौँ वार्षिकोत्सवको अवसर पारेर ‘एचआईबी’ नामक मोबाईल एप्लिकेसन सार्वजनिक गरिंदै
गोरखापत्र अनलाइन
चैत्र २३, २०७८ बुधबार
स्वास्थ्य बीमा बोर्डले छैटौँ वार्षिकोत्सवको अवसर पारेर मोबाईल एप्लिकेसन सार्वजनिक गर्ने भएको छ । बोर्डले वार्षिकोत्सवको अवसर पारेर ‘एचआईबी’ नामक मोबाईल एप्लिकेसन सार्वजनिक गर्न लागेको हो ।
स्वास्थ्य बीमा गराएका नागरिकले उपचार गर्दा कति खर्च भयो भन्ने जानकारी, कति रकम बाकी भन्ने विषयमा उक्त एप्लिकेसनबाट जानकारी गराउने बोर्डका सूचना अधिकारी सोभियत रिजालले जानकारी दिनुभयो ।