भूमिहीनलाई जग्गाधनी बनाउन सुरू
गोरखापत्र अनलाइन
चैत्र २१, २०७८ सोमबार
राष्ट्रिय भूमि आयोगले सिन्धुली जिल्लाको दुधौली नगरपालिकाबाट देशमै पहिलो पटक भूमिहीन दलित तथा सुकुम्बासीलाई जग्गाधनी पुर्जा वितरण सुरु गरेको छ । दुधौली नगरपालिका–९, दोकानडाँडामा आइतबार आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले एक सयवटा मुसहर परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्नुभएको छ ।