आठ महिनामा ११ अर्बको तरकारी आयात
गोरखापत्र अनलाइन
चैत्र १९, २०७८ शनिबार
नेपालमा चालु आर्थिक वर्षको आठ महिनामा विश्वका चार देशबाट तरकारीको आयात आकाशिएको छ । आर्थिक वर्ष २०७७र७८ को ९फागुन० मसान्तमा रु ११ अर्ब ५२ करोड ९५ लाख ९७ हजार मूल्यबराबर आलु, प्याज र गोलभेँडा भारत, चीन, बङ्गलादेश तथा इन्डोनेशियाबाट आयात भएको हो ।
झण्डै ६५ प्रतिशत कृषि पेशामा आबद्ध जनताका घरघरमा अत्यावश्यक पर्ने तरकारी अन्य मुलुकबाट आयात गरी भान्सा तयार गर्नुपर्ने भएपछि कृषि प्रधान मुलुकभन्दा आफैँमा लाजमर्दो विषय...