भुजुङमा ८५ लाखमा बन्यो गुरुङ संग्राहलय
गोरखापत्र अनलाइन
चैत्र १९, २०७८ शनिबार
लमजुङको क्व्होलासोंथर गाउँपालिका–४ भुजुङमा पर्यटन प्रवद्र्धनका लागि गुरुङ संग्राहलय निर्माण गरिएको छ। गाउँमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यनजर गर्दै गुरुङ संग्राहलय निर्माण गरिएको स्थानीयले बताएका छन्। संग्राहलय निर्माण उपभोक्ता समितिका अध्यक्ष तुलबहादुर गुरुङका अनुसार पर्यटकलाई आकर्षित गराउन संग्राहलय निर्माण गरिएको हो। गण्डकी प्रदेश सरकार, वडा कार्यालय, एक जर्मनी र एक जापनिज नागरिकको सहयोगमा संग्राहलय...