निजी पेट्रोल पम्पको आन्दोलन : सरकारी पम्पमा उपभोक्ताको लाइन (फोटो फिचर)
गोरखापत्र अनलाइन
चैत्र १९, २०७८ शनिबार
निजी पेट्रोल पम्पले पेट्रोलियम पदार्थ वितरण बन्द गरेपछि सरकारी तथा सहकारी पेट्रोल पम्पमा भीड बढेको छ। आगामी दिनमा पेट्रोल अभाव हुन सक्ने भन्दै मोटरसाइकल तथा साना सवारी चालक पेट्रोल पम्पमा लाइन लाग्न थालेका हुन्।नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीले पेट्रोलियम पदार्थको ढुवानी देशभर ठप्प बनाएपछि पम्पमा सर्वसाधारणको लाम लागेको हो। अहिले नेपाली सेना, पुलिस र सशस्त्रका पम्पमा सवारी साधनको बाक्लो लाइन...