नेकपा एसकाे स्थायी कमिटी बैठक सम्पन्न, केन्द्रीय कमिटीको पूर्ण बैठकको एजेण्डा तय
गोरखापत्र अनलाइन
कार्तिक २६, २०७८ शुक्रबार
सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को शुक्रबार बसेको स्थायी कमिटीको बैठकले भोलि शनिबारदेखि सुरु हुने दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकको एजेण्डाहरु तय गरेको छ ।नेकपा (एस)को केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र निर्वाचन आयोगमा रहनुभएका सदस्यहरुलाई शपथ ग्रहण गराइने पार्टी केन्द्रीय कार्यालय सचिव डा. गंगालाल तुलाधरले बताउनुभयो ।