देशैभर इन्टरनेट अवरूद्ध हुनसक्ने
विश्वास रेग्मी
आश्विन १७, २०७८ आईतवार
नेपाल विद्युत् प्राधिकरणले आफ्नो पोल प्रयोग गरेर इन्टरनेट सेवा उपलब्ध गराइरहेका सेवा प्रदायकको केबल काट्न सुरु गरेको छ । शनिबार देशका विभिन्न ठाउँबाट प्राधिकरणले केबल काट्ने काम अघि बढाएको हो ।
यही असोज १५ गतेभित्र पोलभाडा नवीकरणका लागि तोकिएको समय पूरा भएको भन्दै प्राधिकरणले नवीकरण नगर्ने सेवा प्रदायकको केबल काट्न थालेको हो । “तोकिएको समयमा पनि नवीकरण नभएपछि शनिबारदेखि तार काट्न सुरु गरेका हौँ,” प्राधिकरण