लाखौँको अङ्गुर बिकेन, कृषक भन्छन् अङ्गुर त अमिलो भयाे
रासस
आश्विन १६, २०७८ शनिबार
जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकास्थित त्रिपुराकोट, गल्ली, रल्ली, फोईलगायत स्थानमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । नगरपालिकाको सहयोगमा तीन वर्षअघि सुरु गरिएको यो खेतीले फल दिन थालेको दुई वर्ष भयो । अघिल्लो वर्ष जस्तै यस वर्ष पनि लटरम्म अङ्गुर फलेको छ ।
रहर लाग्ने गरी फलेका अङ्गुर देख्दा फार्ममा पुग्ने जो कसैको पनि मन लोभिने गर्छ । कृषकलाई भने लटरम्म फलेको अङ्गुर देख्दा चिन्ताले पिरोल्न थालेको छ । लटरम्म फलेको...