अध्ययन भएकाे ३४ वर्ष बित्याे, कार्यालय खुल्याे अरू काम बढेन
गोरखापत्र अनलाइन
आश्विन १८, २०७८ सोमबार
नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजनाको निर्माण कार्य गति लिने आसा फेरि निराशमा परिणत हुँदै गएको छ ।
लुम्बिनी प्रदेशको पाँच जिल्लालाई प्रत्यक्ष फाइदा गर्ने यो बहुउद्देश्यीय आयोजनाको प्राविधिक अध्ययन सम्पन्न भएको ३४ वर्ष पूरा भइसकेको छ । यो अवधिमा मुलुकभित्र भिन्नभिन्न व्यवस्था फेरिए पछिल्लो समय योजना स्थलमै कार्यालय स्थापना भई काम सुरु गर्ने तयारी भएपनि पछिल्लो पटक कार्यालयबाट कुनै काम हुन सकेको छैन् । ।