logo
२०८१ असोज ८ मंगलवार



दुर्गमको विद्यालयमा कम्प्युटर शिक्षा

प्रदेश |
शिक्षा |


दुर्गमको विद्यालयमा कम्प्युटर शिक्षा


रामेछाप समाचारदाता

रामेछाप, पुस १० गते । रामेछाप जिल्लाको दुर्गम स्थान भुजीमा रहेको कास्थेम माध्यमिक विद्यालयले कक्षा १० सम्म कम्प्युटर शिक्षा दिने भएको छ । उमाकुण्ड गाउँपालिका–७ को भुजीमा रहेको सो विद्यालय वडाको एक मात्र माध्यमिक विद्यालय हो ।

१० कक्षासम्म पठनपाठन हुने उक्त विद्यालयमा गत वर्षबाट कक्षा ६ देखि कम्प्युटर शिक्षा सुरु गरिएको विद्यालयका प्रधानाध्यापक हेमन्तकुमार सुनुवारले बताउनुभयो । उहाँका अनुसार अहिले कक्षा ६ देखि ८ सम्म कम्प्युटर पढाइ हुने गरेको छ र यसलाई कक्षा १० सम्म लैजाने योजना छ । ३०७ जना विद्यार्थी रहेको विद्यालयमा १३ वटा कम्प्युटर राखेर विद्यार्थीलाई अभ्याससमेत गराउन सुरु गरिएको छ ।

पर्याप्त कम्प्युटर नहुँदा अभ्यासमा समस्या भएकाले सहयोगी दाता खोजी रहेको उहाँले बताउनुभयो । प्राविधिक शिक्षा विद्यार्थी र अभिभावकबाट माग भएकाले गाउँमा नै प्राविधिक शिक्षा दिनसके विद्यार्थीले गाउँ छाड्ने प्रवृत्तिको अन्त्य हुने वडाध्यक्ष रुद्रमणि नेवारले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?