logo
२०८१ बैशाख १८ मंगलवार

  नेपालमा कोभिड विरुद्धको खोपको अबस्था के छ ?  



तीन करोड १४ लाख प्राप्त, दुई करोड सात लाख लगाइयो

स्वास्थ्य |


तीन करोड १४ लाख प्राप्त, दुई करोड सात लाख लगाइयो


काठमाडौँ, मङ्सिर २८ गते । नेपालमा कोरोना भाइरसविरुद्धको खोप विश्वका विभिन्न देशबाट आउने क्रम बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका अनुसार नेपालमा अहिलेसम्म विभिन्न माध्यमबाट तीन करोड १४ लाख १९ हजार ७३० मात्रा खोप आइसकेको छ । उक्त खोप नेपालले अनुदान, खरिद तथा कोभ्याक्स सुविधामार्फत खोप प्राप्त गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार खोप सुरु भएदेखि सोमबारसम्म दुई करोड ७ लाख ५९ हजार ५४ मात्रा खोप लगाइएको छ ।
डा अधिकारीका अनुसार कुल जनसंख्याको ३७ Þ७ प्रतिशतले एक मात्रा र ३० Þ६ प्रतिशतले दुई मात्रा खोप लगाएका छन् । त्यस्तै लक्षित जनसंख्याको ५७ Þ५ प्रतिशतले एक मात्रा र ४६ Þ७ प्रतिशतले दुई मात्रा खोप लगाएको मन्त्रालयले तथ्यांकमा उल्लेख गरेको छ।
नेपालमा अहिलेसम्म भेरोसिल, कोभिशिल्ड, जोन्सन एण्ड जोन्सन, एस्ट्राजेनिका, मोर्डना, फाइजर खोप लगाइएको छ।
सरकारले गत वर्ष माघ १४ गतेबाट कोराना विरुद्धको खोप अभियान सञ्चालन गरेको थियो ।
पहिलो चरणमा फागुन १० गतेसम्म अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी लगायतलाई पहिलो चरणमा खोप दिइएको थियो ।
दोस्रो चरणमा फागुन २३ गतेदेखि ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र हिमाली जिल्लामा ५५ वर्षदेखि माथिका र तेस्रो चरणमा ५५ देखि ६३ वर्ष समूहका नागरिकलाई खोप दिइएको थियो ।
त्यसपछि सरकारले १८ वर्षमाथिका नागरिकलाई खोप लगाएको थियो । सरकारले कार्तिक २८ बाट मङ्सिर ४ गतेसम्म १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाइएको थियो । बाँकी रहेका १२ देखि १७ वर्षका स्वस्थ बालबालिकालाई मङ्सिर ५ गतेबाट खोप लगाइसकेको थियो ।
सरकारले अहिलेसम्म मोर्डना खोप अहिलेसम्म ३६ लाख ५२ हजार खोप प्राप्त गरिसकेको छ। उक्त खोप १२ देखि १८ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई पुस ४ गतेदेखि लगाउने तयारी गरिसकेको छ ।
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार देशका ५७ जिल्लाका विद्यालयबाट खोप अभियान संचालन गर्न लागेको जनाएको छ ।
सरकारले खोपको पहिलो र दोस्रो मात्रा लगाएका दीर्घरोगीलाई तेस्रो मात्रा खोप दिने तयारी गरिएको छ । राष्ट्रिय खोप सल्लाहकार समितिको बैठकले सरकारलाई पहिलो र दोस्रो मात्रा खोप लगाएका तथा एन्टीबडी कम भएका दीर्घरोगी (क्यान्सर, मुटु, कलेजो, मिर्गौला, फोक्सोसम्बन्धी जटिल स्वास्थ्य समस्या भएका नागरिक) लाई बुस्टर डोज दिन सल्लाह दिएको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहाल जानकारी दिनुभयो ।
सरकारले दैनिक दुई लाख डोज खोप लगाउने लक्ष्य लिएको छ । सोमबार एक लाख ८७ हजार ६६४ जनाले खोप लगाएर मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कोभिड–१९ विरुद्धको खोप अभियान सबै प्रदेशहरुका २४ वटा अस्पतालबाट संचालन भैरहेका छन् ।

सरकारले पुससम्म लक्षित जनसङ्ख्याको दुई तिहाई र चैत मसान्तसम्म सबै जनसङ्ख्यालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?