लुम्बिनी प्रदेशमा ३३ लाखभन्दा बढीले लगाए कोरोना खोप
रासस
माघ १७, २०७८ सोमबार
लुम्बिनी प्रदेशमा अहिलेसम्म ३३ लाखभन्दा धेरै नागरिकले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य जनसङ्ख्या तथा परिवार कल्याण मन्त्रालयको स्वास्थ्य निर्देशनालयले आज घोराहीमा आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा ३२ लाख ७३ हजार ३२९ जनाले पहिलो डोज खोप लगाएको जानकारी दिएको हो ।
तीमध्ये २४ लाख २६ हजार ६८० जनाले दोस्रो डोज खोप लगाएका छन् । प्रदेशभर १२ वर्षमाथिका ३९ लाख ६७ हजार ६७४ जना व्यक्ति रहेको...