मनसुनी वायुका कारण केही स्थानमा भारी वर्षा हुने
रासस
श्रावण २७, २०७८ बुधबार
मनसुनी वायुका कारण बुधबार देशको केही स्थानमा भारी वर्षा हुनसक्ने अनुमान गरिएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई नजिक आइपुगेकाले देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सविना शाक्यले बताउनुभयो ।
अबको दुई–तीन दिनसम्म देशमा मनसुन सक्रिय हुने भएकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा...