logo
२०८१ बैशाख २१ शुक्रवार



लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

पढ्नै पर्ने |


लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा


छवि पाण्डे ।
बुटवल, साउन २७ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा दिनुभएको छ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता आर्थिक योजना मन्त्री वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा दिएको बताउनु भयो ।
उहाँले मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको जानकारी दिनुभयो ।
प्रदेश सभामा सरकारविरुद्ध विपक्षी गठबन्धनले अविश्वास प्रस्ताव दर्ता गरेपछि आज दिउँसो १ बजेका लागि प्रदेश सभाको विशेष अधिवेशन बोलाइएको थियो । विशेष अधिवेशन अघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको नेकपा एमाले लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक भूमिश्वर ढकालले बताउनुभयो ।

यो पनि हेर्नुहोस्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?