मेलम्ची मुहानको मर्मत ८० प्रतिशत सम्पन्न, चैतभित्र पानी ल्याइने
गोरखापत्र अनलाइन
फाल्गुन २३, २०७८ सोमबार
२०७७ गते असार १ गतेको बाढी पहिरोले क्षति पुगेको मेलम्ची खानेपानी आयोजनाको मर्मत कार्य ८० प्रतिशत सम्पन्न भएको छ । चैत भित्र काठमाडौं उपत्यकामा अस्थायी रुपमा भए पनि पानी ल्याउने तयारीमा पुगेको मेलम्ची खानेपानी वितरण विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।