इन्जिनियरको सङ्ख्या कम, कारबाही गर्न कानुन छैन : सडक विभाग
छेटु शेर्पा
फाल्गुन ३, २०७८ मंगलवार
केही दिन अघि सङ्खुवासभाको अरुण नदीको पुलमा भार क्षमताभन्दा बढी तार्ने प्रयास गर्दा पुल भाँचियो । यस्तै भोजपुर, उदयपुर, कास्की लगायतका राजमार्गमा पनि यस अघि पुल भाँचिएको थियो । यही माघ दोस्रो साता कास्कीको गगनगौँडामा गण्डकी प्रदेश सरकारको लगानीमा बनिरहेको पक्की पुल सञ्चालनमा नआउँदै लच्कियो । टेको झिक्नेक्रममा पुल लच्किएको थियो ।