साढे चार लाख मात्रा खोप बढी पाइयाे, ५६ हजार खेर (प्रतिवेदन सहित)
सिर्जना खत्री
फाल्गुन ३, २०७८ मंगलवार
कोभिड १९ विरुद्धको खोप छानविन समितिले प्रतिवेदन बुझाएको छ । नेपालमा करिव २४ लाख खोपको मात्रा हराएको विवरण सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानविन समिति गठन गरेको थियो । समितिले आज प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा साढे चार लाख बढि खोप भेटिएको प्रतिवेदनमा उल्लेख गरेको छ ।