राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीसँग माफि माग्यो
रासस
चैत्र ६, २०७६ बिहीबार
सरकारले आजदेखि देशभरका परीक्षा केन्द्रमा एकैसाथ शुरु गर्ने भनेको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेपछि देशभरका एक हजार ९९५ परीक्षा केन्द्र सुनसान भएका छन् । बुधबार दिनभरि परीक्षा केन्द्रको तयारी र विद्यार्थीको सिम्बोल नम्बर प्रत्येक बेञ्चमा टाँसेर परीक्षाको तयारी गरे पनि साँझ सरकारले परीक्षा अनिश्चितकालका लागि स्थगन गरेपछि परीक्षा केन्द्र सुनसान बनेका हुन् ।