मुलुक छिट्टै जलमार्गबाट विश्वसँग जोडिनेछ: प्रधानमन्त्री ओली
रासस
माघ २४, २०७६ शुक्रबार
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक छिट्टै जलमार्गबाट विश्वसँग जोडिने बताउनुभएको छ । काठमाडौँमा आज आयोजित कान्तिपुर कन्क्लेभको दोस्रो संस्करणलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूपरिवेष्टित देश भए पनि मुलुक जलमार्गसँग जोडिने र चाँडै नै यहाँका ठूला नदीहरुमा राष्ट्रिय ध्वजावाहक जहाज चल्ने उल्लेख गर्नुभयो । मोटरबोट जीवनको रमाइलोका लागि मात्र नभई पर्यटन विकासको आधारसमेत भएको प्रधानमन्त्रीको भनाइ थियो ।