भारतीय विरामीकाे राेजाइमा सगरमाथा चाैधरी आँखा अस्पताल
गोरखापत्र अनलाइन
माघ २८, २०७६ मंगलवार
लहान स्थित सगरमाथा चौधरी आँखा अस्पताल लहानले ३७ औ वर्षमा प्रवेश गरेको छ । छिमेकी देश भारतबाट आउने विरामीहरु उपचारबाट सन्तुष्ट भएर नातेदारहरुसँग एक दुई दिन लहानमा बसेर विभिन्न धार्मिक पर्यटकीय स्थलहरुहरुमा पर्यटकको रुपमा घुमफिर गर्दा लहानको होटेल, लज र व्यापार व्यवसायले गति लिन थालेको छ ।