विकासका नाममा विनास, घाईतेदेखि मृत्युसम्मका शृंखला !
गोरखापत्र अनलाइन ,
कार्तिक ६, २०७६ बुधबार
सोमबार दशरथ चन्द नगरपालिका वडा नम्बर ९ ग्वाल्लेकमा सडक खन्न गएको डोजरले स्थानीय गौरा जोशीलाई घाईते बनाएको घटनाले निकै चर्चा बटुलिरहेको छ । डोजरले घाईते भएकी महिलाको नेपालगञ्जमा उपचार भईरहेको छ भने डोजर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापछि जिल्ला प्रशासन कार्यालय बैतडीले छानविन समिति गठन गरेको छ ।