पर्यटकको रोजाइमा भोर्ले झरना (फोटो फिचर)
गोरखापत्र अनलाइन
कार्तिक ४, २०७६ सोमबार
दोलखाको विगु गाउँपालिका वडा नम्बर –४ स्थित भोर्ले झरनामा यतिखेर आन्तरिक तथा बाह्य पर्यटकहरूको आवतजावत बढ्न थालेको छ ।
जिल्लाको दोलखा–लामाबगर सडक खण्डको भोर्ले स्थित ३० मिटर उचाइको यो झरना आकर्षक र मनोरम रहेसंगै पर्यटकको संख्या बढ्न थालेको हो ।