सुरेन्द्र खत्री रुकुम (पूर्व), कात्तिक ७ गते । जिल्लाको भूमे गाउँपालिका –३ खावाङबगरमा स्काभेटर पल्टिदा चालकको मृत्यु भएको छ । भूमे गाउँपालिकाको रा १ ग २९ नम्बरको स्काभेटर पल्टिदा चालक भूमे गाउँपालिका –२ काँक्रीका ४८ वर्षीय दुर्गाबहादुर बुढाको मृत्यु भएको हो ।
खावाङबाट लुकुमतर्फ आँउदै गरेको स्काभेटर जमिन भासिएर पल्टिएपछि चालक बुढा च्यापिनुभएको थियो । च्यापिएको अवस्थामा उद्दार गर्ने क्रममै उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बुढाको शव पोष्टमार्टमका लागि सदरमुकाम रुकुमकोट ल्याइएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक योगेन्द्र खड्काले बताउनुभयो ।