कम्युनिस्ट आन्दोलनका प्रेरणादायी व्यक्तित्व बोगटी
गोरखापत्र अनलाइन
भाद्र ३१, २०७८ बिहीबार
हेलो धनबहादुर जी, म दिवाकर दाइ बोलेको ।
घामले टल्केको मोबाइलमा नाम देख्न नसक्दा कसले फोन गरेको भन्ने ठम्याउन सकेको थिइनँ ।
मैले आदरपूर्वक अभिवादन गरिसकेपछि उहाँले फोन गर्नुको कारण स्पष्ट पार्दै भन्नुभएथ्यो– ‘‘तपाईं दलित समुदायको पढेलेखेको मान्छे, जिल्ला समितिमा तपाईंले जित्नुपर्छ भन्ने लागेथ्यो, बडा कठिन थियो र पनि जित्नु भएछ, बधाई छ ।’’
३८ जना जिल्ला सदस्य आवश्यक हुँदा जिल्लामा चार जना दलितसहित १२० जनाको उम्मेदवारी...