संसद्मै निर्भर एमसीसी सहयोग (सम्पादकीय)
गोरखापत्र अनलाइन
भाद्र २९, २०७८ मंगलवार
यतिबेला नेपालमा सबैभन्दा चर्चामा रहेको विषय एमसीसी भएको छ । अमेरिकी अनुदान सहयोगसम्बन्धी दाता संस्था मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपाललाई उपलब्ध गराउने करिब ५५ अर्ब रुपियाँको अनुदान सहयोग राशिसँग जोडिएको छ, यो विषय । अमेरिकी सरकारले अल्पविकसित तथा विकासशील मुलुकको आर्थिक तथा पूर्वाधार विकासका लागि उपलब्ध गराउने यस प्रकारको अनुदान सहयोगका लागि नेपालले चार वर्षअघि नै सन् २०१७ मा सम्झौता गरिसकेको...