समाजवादी यात्रामा हाम्रो दायित्व
गोरखापत्र अनलाइन
भाद्र २८, २०७८ सोमबार
नेपालमा मात्र नभई संसारमै समाजवाद शब्द प्रिय बनिरहेको छ । सामान्यतः व्यक्तिगत स्वार्थबाट माथि उठी सामुदायिक हितमा आफूलाई समर्पित गर्नुलाई समाजवादीको अर्थमा बुझिन्छ । सुन्दा र बोल्दा अति प्रिय लाग्ने ‘समाजवाद’ लागू गर्ने विषय भने त्यत्तिकै कठिन भएको पाइन्छ । “म होइन, हामी भनौँ र त्यहीअनुसार राज्यको नीति तय गरौँ” भनी नेपालले पनि समाजवाद उन्मुख राष्ट्रका रूपमा संविधानमा व्यवस्था गरेको छ । नेपालका उग्रवामपन्थी पार्टीदेखि...