व्यापार सहजीकरणमा नेपालको स्थान
गोरखापत्र अनलाइन
श्रावण १८, २०७८ सोमबार
अर्थतन्त्रको विकासका लागि सन् १९९० को दशकमा उदाएको भूमण्डलीकरण र सूचना प्रविधिको विकासले व्यापार आयतन र दिशा परिवर्तनमा अहं भूमिका खेलेको पाइन्छ । देशको वास्तविक कुल गार्हस्थ उत्पादन वृद्धिको साथमा त्यहाँको आन्तरिक र वैदेशिक व्यापार दुवैमा वृद्धि हुन्छ । दक्षिण पूर्वी एसिया र चीनकोे सन् १९९० को दशक र २००० को दशकको प्रगतिमा आन्तरिक र अन्तर्राष्ट्रिय व्यापारले ठूलो भूमिका खेलेको नकार्न सकिँदैन । चीन, भारत, इन्डोनेसिया,...