नयाँ प्रधानमन्त्रीका जिम्मेवारी पुरानै
गोरखापत्र अनलाइन
श्रावण ८, २०७८ शुक्रबार
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पाँचौँ पटक देशको ४२ औँ प्रधानमन्त्री बन्नुभएको छ । स्वाभाविकता, दायित्व र दबाबमाथि बाक्लै बहस–पैरवीहरू चल्दै गर्दा उहाँको सरकारले प्रतिनिधि सभाबाट सुविधाजनक विश्वासको मत प्राप्त गरेको छ । काँग्रेस नेपालमा दलीय परम्पराको प्राचीन र वर्तमान राजनीतिमा समेत संसद्को दोस्रो ठूलो पार्टी हो । मौजुदा प्रतिनिधि सभामा कसैको बहुमत नभएको अवस्थामा कुनै पनि दलले गठबन्धन सरकारको...