अपरिहार्य विद्युतीय सुशासन (सम्पादकीय)
गोरखापत्र अनलाइन
श्रावण १०, २०७८ आईतवार
बागमती प्रदेश सरकारले शुक्रबारदेखि यातायात व्यवस्था सूचना प्रणाली कार्यान्वयनमा ल्याएको छ । यो विद्युतीय प्रणाली कार्यान्वयनमा आएसँगै वेबपोर्टल, नागरिक एप, अनलाइन भुक्तानीलगायतका माध्यमबाट घरमै बसेर सेवाग्राहीले आफ्नो सवारीसाधन, तिर्नुपर्ने कर, शुल्कलगायतको विवरण हेर्न र सेवा लिन सक्छन् ।