सुदृढ सङ्घीयताको अपेक्षा
गोरखापत्र अनलाइन
फाल्गुन २७, २०७८ शुक्रबार
नेपालको संविधानको प्रस्तावनामा सङ्घीय, लोकतान्त्रिक, गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने व्यवस्था गरिएको छ । त्यस्तै संविधानले राज्यको संरचना र राज्यशक्तिको बाँडफाँटअन्तर्गत सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल संरचना सङ्घ, प्रदेश र स्थानीय गरी तीन तह हुने व्यवस्था गरेको छ । जसअन्तर्गत नेपालमा एक सङ्घीय सरकार, सात प्रदेश र ७५३ वटा स्थानीय...