कोरोना आख्यानको अर्को आयाम
गोरखापत्र अनलाइन ,
चैत्र १३, २०७६ बिहीबार
संसारभर कोरोना भाइरस (कोभिड १९) को भय उत्कर्षमा छ । गत डिसेम्बरमा छिमेकी मित्रराष्ट्र चीनको वुहानलाई इपिसेन्टर (केन्द्र) बनाएर प्रकट यस प्रकोपले अहिले आम विश्व र विशेषतः युरोप तथा पश्चिमा राष्ट्रहरू निकै ग्रस्त, कोलाहल अनि कुँजिएका छन् । विश्व स्वास्थ्य संगठनले यसलाई महामारीको संज्ञा दिएपछि विश्वव्यापी ‘लकडाउन’ले शून्यता, सन्नाटा र सन्त्रास व्याप्त छ ।