कोरोना कहरमा ऋतुराज वसन्त
गोरखापत्र अनलाइन ,
चैत्र १५, २०७६ शनिबार
राष्ट्रकवि माधव घिमिरेका यी कवितात्मक हरफले भनेजस्तै गरेर यसपटक पनि वसन्त ऋतुको आगमन भइसकेको छ । रुखबिरुवाले नयाँ पात फेर्दैछन् । चराचुरुङ्गी उमङ्ग थपिँदैछ । आँपका बोटहरू मुजुराले लटरम्म हुँदैछन् । तर पनि यसपटक यो ऋतुराजको अँगालोमा पहिले पहिलेजस्तै गरी मन खोलेर रमाउनसक्ने अवस्था रहेन । यता, बोटबिरुवामा वसन्तको आगमन भयो, उता सिङ्गो मानव समुदाय सबैसँग छोइछिटो बारी बसेका किरियापुत्रीझैँ झोक्राइरहेको अवस्था...