राजस्व व्यवस्थापनका अन्तरसम्बन्ध
गोरखापत्र अनलाइन ,
फाल्गुन २, २०७६ शुक्रबार
राष्ट्रिय विकासका लागि विकास र प्रशासनिक खर्चको समेत आवश्यकता पूरा गर्न, सङ्घीय वित्तीय प्रणालीलाई सबलीकरण गर्न, सार्वजनिक खर्चको बढ्दो आवश्यकतालाई पूरा गर्न र वैदेशिक सहायतामाथिको निर्भरता कम गर्न आन्तरिक स्रोत परिचालन महŒवपूर्ण हुन्छ । आन्तरिक स्रोतमा राजस्वको भूमिका सर्वोपरि हुने गर्छ । सबल, भरपर्दो र दिगो राजस्व प्रणालीले समग्र वित्त संरचनालाई सुदृढ बनाउन सहयोग गर्छ ।