जरैदेखि रोग निको पार्ने होमियोप्याथी
गोरखापत्र अनलाइन
चैत्र १९, २०७८ शनिबार
होमियोप्याथी भनेको एउटा चिकित्सा प्रणाली हो । होमियो चिकित्सा पद्धति वैकल्पिक औषधिको व्यवस्था हो । जो समानताको सिद्धान्तमा आधारित छ । यो चिकित्सा प्रणाली अत्यन्त सरल, प्रभावकारी छ । होमियोप्याथिकको अनुसन्धान जर्मन डा.क्रिस्चियन फ्रेडिक स्यामयुल हेनिमेनले गर्नुभएको हो । उहाँले होमियोप्याथिक उपचार विधि पत्ता लगाउनुभन्दा पहिले एलोपेथिकको चिकित्सक हुनुहुन्थ्यो । पछि उहाँले होमियोप्याथिकको खोज गर्नुभएको हो ।...