भ्रष्टाचारमा मिलीभगत प्रवृत्ति
गोरखापत्र अनलाइन
माघ १३, २०७८ बिहीबार
भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गराउन राज्यका सबै संयन्त्र जिम्मेवार र उत्तरदायी हुनु अनिवार्य हुन्छ । नागरिक समाजको निगरानी र दबाब यस क्षेत्रमा परिपूरक रहेको हुन्छ । मुलुकमा सङ्घीय शासन पद्धति कार्यान्वयनमा आएपछि भ्रष्टाचारजन्य कार्यमा कमी आउने अपेक्षा गरिएको भए पनि राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र, निर्माण व्यवसायी, उपभोक्ता समितिहरू समेतको मिलेमतोका कारण भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने...