बालअधिकारमा स्थानीय सरकार
गोरखापत्र अनलाइन
माघ १६, २०७८ आइतवार
नेपालको संविधानले बालबालिकाको हकहितका लागि मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाऊ, बाल संरक्षण, बालविकास र सहभागिताजस्ता विषयवस्तु समेटी पूर्ण विकासको प्रत्याभूत गरेको पाइन्छ । सो क्रममा संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि र इच्छाधीन आलेखमा गरेको प्रतिबद्धताबमोजिम नेपाल सरकारले बालअधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन...