घट्दो जनसङ्ख्या वृद्धिदर (सम्पादकीय)
गोरखापत्र अनलाइन
माघ १४, २०७८ शुक्रबार
केन्द्रीय तथ्याङ्क विभागले जनगणनाको प्रारम्भिक तथ्याङ्क सार्वजनिक गरेको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसङ्ख्या दुई करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ । वार्षिक जनसङ्ख्या वृद्धिदर भने ०.९३ प्रतिशत छ । २०६८ को जनगणनाअनुसार कुल जनसङ्ख्या दुई करोड ६४ लाख ९४ हजार पाँच सय चार थियो । अघिल्लो जनगणनाअनुसार, वार्षिक जनसङ्ख्या वृद्धिदर १.३५ प्रतिशत थियो । पछिल्लो वृद्धिदर ८० वर्षयताकै न्यून भएको तथ्याङ्क...