सञ्चार विधाको विपश्चिमीकरण
गोरखापत्र अनलाइन
माघ १५, २०७८ शनिबार
नेपालमा सञ्चार विधाको औपचारिक एवं विशिष्टिकृत पठनपाठन विद्यालय तहदेखि विश्वविद्यालय तहसम्मै भइरहेको छ । अन्य विधाभित्र संसारमा यो विधाको पठनपाठन सञ्चार, सञ्चार अध्ययन, आमसञ्चार, मिडिया अध्ययन, पत्रकारिता वा अन्य कुनै मिल्दाजुल्दा संज्ञा दिएर गराइन्छ । नेपालमा आमसञ्चार र पत्रकारिता शब्दावली बढी प्रचलित देखिन्छन् । छिमेकी देश भारतमा जनसञ्चार भन्ने गरिन्छ । सञ्चार विधाको इतिहास लेख्नेहरूले यसको प्राचीनता र अभिनवताको...