पर्यटन प्रवद्र्धनमा उड्डयन क्षेत्र
गोरखापत्र अनलाइन ,
माघ २४, २०७६ शुक्रबार
पर्यटन उद्योगको विकास एवम् विस्तार प्रत्यक्ष वा परोक्ष रूपमा यातायातका सेवाको उपलब्धता र विश्वसनीयतामा निर्भर रहन्छ । नवीनतम प्रविधि, व्यापारिक मोडेल र सामाजिक रूपान्तरणका कारण उड्डयन क्षेत्रले केही दशकमा अकल्पित परिवर्तन गरेको छ । उच्च गति र किफायतीसमेत भएका कारण लामो यात्राका लागि हवाईसेवा गतिलो माध्यम बनेको छ । विश्व उड्डयन क्षेत्रमा सन् १९७० को दशकमा उदारीकरणको लहर सुरु भएसँगै निजी क्षेत्रको प्रवेश, नयाँ...