मर्यादित महिनावारी कि छाउपडी !
गोरखापत्र अनलाइन ,
पुष २६, २०७६ शनिबार
गत महिना प्रदेश सातको कार्यक्रममा एकजना नगरपालिका प्रमुखलाई चित्त दुख्यो, जब मैले नेपाल सगरमाथा र बुद्ध जन्मेको देश हैन, छोरीहरू महिनावारी हँुदा छुट्याउने, विभेद गर्ने देश हो भनेर चिनिएको छ भनेँ । चित्त त मेरो पनि दुखेको छ, विदेशी भूमिमा त्यो पनि एक्कैछिन एयरपोर्टमा भेटिएको विदेशीले प्याच्च यस्तै सोध्दा कति चित्त दुख्छ होला । फेरि वास्तविकता पनि हो । विद्युतीय सञ्चारको जमानामा लुकाउन के नै सकिन्छ र !