ब्रेन गेन सेन्टरबाट अपेक्षा
गोरखापत्र अनलाइन ,
पुष २४, २०७६ बिहीबार
भूमण्डलीकरणको वर्तमान युगमा कुनै पनि राष्ट्रको राष्ट्रियता त्यसको भौगोलिक सीमाभित्र मात्र सीमित छैन । यसले एकातिर राष्ट्र र राष्ट्रियताको पुरातन अवधारणामा परिवर्तन ल्याइरहेको छ भने अर्कोतर्फ राज्यहरूबीचका सम्बन्धका आधार पनि पुनः परिभाषित हुँदै गइरहेका छन् ।
बसाइँसराइ र प्रतिभा पलायन खासगरी विकासोन्मुख मुलुकहरूका लागि गम्भीर समस्याको रूपमा देखा परिरहेका