नयाँ कार्यदिशाको चाहना
गोरखापत्र अनलाइन
पुष १२, २०७८ सोमबार
नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास ७२ वर्ष पुग्यो । वि.सं. २००६ वैशाख ९ गते लेनिन जयन्तीका अवसरमा नेपालमा कम्युनिस्ट पार्टी (नेकपा) स्थापना भएको थियो । संस्थापक महासचिव पुष्पलाल श्रेष्ठसहित निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्यले कम्युनिस्ट पार्टी स्थापना गर्नुभएको थियो । नेकपाको पहिलो महाधिवेशन वि.सं. २०१०, दोस्रो २०१४, तेस्रो २०१९, चौथो २०३१, पाँचौँ २०४१ (अयोध्या), छैटौँ २०४८, सातौँ २०६९ सालमा...