कोख सापटी
गोरखापत्र अनलाइन ,
श्रावण ३, २०७७ शनिबार
‘महादेवी ! एउटा कुरा भन्छु मान्छ्यौ ? धेरै दिनदेखि भन्छु भन्दा पनि बोल्न सकेको थिइनँ, आज मुख खोल्न बाध्य भएको छु, अन्यथा नमान है ।’ एक दिन वक्षु किनारमा बसेर घाम तापिरहेका दिगम्बर महादेवले भने ।
‘भन्नुस् न महादेव ! के कुरा हो त्यस्तो, हाम्रो शरीर मात्र दुईवटा हुन्, मन मुटु एउटै छन् । जतिबेलादेखि दुई नदी किनारबाट बढ्दै आएर एक भएका थियौँ त्यतिबेलादेखि हाम्रा हाड, मासु, छाला, नसा, छाला र प्राण एउटै भएका छन् भने आपसमा कुरा गर्न...