अक्षर–सञ्जीवनीमा स्रष्टाहरू
गोरखापत्र अनलाइन ,
जेष्ठ ३१, २०७७ शनिबार
जेम्स बोस्वेल सिर्जना–सम्प्रदायभित्रका मान्छे थिएनन् तर उनी आफ्नो समयका सबैभन्दा प्रभावशाली साहित्यकार सेम्युल जोन्सन जुन कार्यक्रममा जान्थे, त्यहीँ पुग्थे । जसलाई भेट्थे, उनैको चियोचर्चो गर्थे । जे बोल्थे त्यो कतै लेखेर राख्थे । जोन्सनको मात्रै हैन, उनका समकालीन अन्य कविको पनि दिनचर्याको चुपचाप अभिलेख राख्थे । निम्ता नपाएका कार्यक्रममा भवन वा घरभित्र प्रवेश नपाए ढोकामै बसेर पनि सबै कुरा निया(ल्थे अथवा सुन्थे...