क्षेप्यास्त्र हमलामा किभमा एकजना नागरिकको मृत्यु र तीनजना घाइते
गोरखापत्र अनलाइन
फाल्गुन ३०, २०७८ सोमबार
राजधानी किभमाथि भीषण हमलामा परी कम्तीमा एकजना गैरसैनिक नागरिकको मृत्यु र तीनजना घाइते भएका छन् ।
युक्रेनको सरकारी टेलिभिजनका अनुसार रुसले प्रकार गरेको क्षेप्यास्त्र आवासीय भवनमा परेपछि सो दुर्घटना भएको हो ।
यसैबीच, युक्रेनको विपद सेवाका अनुसार दुईजनाको शव प्राप्त भएको र तीनजना घाइतेलाई अस्पतालमा पु¥याइएको छ ।